प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी टेबुल गर्ने तयारी

काठमाडौं । एमसीसीसम्बन्धी महत्वपूर्ण तयारीका साथ आज (बुधबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि टेबुल हुने तयारी छ । बैठकमा सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्नु हुने जनाइएको छ ।
एमसीसी टेबुल हुनुअघि नेपाली कांग्रेसले आजै संसदीय दलको वैठक बोलाएको छ । यस्तै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्ने भएको छ । कांग्रेसको दइवटै वैठकमा एमसीसी विषयमा अन्तिम निर्णय हुनेछ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्न दिने प्रतिबद्धता जनाइसकेको सरकारी पक्षले जनाएको छ ।
हिजो (मंगलबार) प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी विषयमा छलफल भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी भएको थियो ।
एममसीसी टेवुल गर्नेसम्बन्धी अन्तिम निर्णय भने आजै (बुधबार) बस्ने प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले गर्ने जनाइएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठक विहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकपछि एमसीसी अनुमोदनका प्रस्ताव टेबल गर्ने कार्यसूची आउने भएको छ ।

प्रतिक्रिया