माओवादी संसदीय दलको बैठक बस्दै

नेपालखोज २०७८ फागुन ४ गते ७:२४

काठमाडौं । एमसीसी विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज (बुधबार) बिहान १० बजे बस्ने भएको छ । माओवादी संसदीय दलको वैठक परामर्श समिति र संसद् बैठक बस्नुअघि बस्ने भएको हो ।

माओवादी केन्द्रको संसदीय वैठक बसेपछि माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने भएका छन् । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया