एमसीसी टेबल गर्न सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज प्रतिनिधिुभा बैठक बस्नु अगाडि परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल गर्न तथा कार्यसूचीमा समेट्नका लागि बैठक बोलाइएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेका छन् ।
पटक-पटक प्रतिनिधि सभा बैठक स्थगित हुँदै आएको थियो । यसअघि माघ १६ र माघ २६ गते बैठक बस्न सकेको थिएन । तर, आज प्रधानमन्त्री देउवाले बैठक राखेर एमसीसी टेबल गर्न सभामुखलाई आग्रह गरिसकेका छन् । देउवाले कुनैपनि बहानामा आजको बैठक सार्न नहुने चेतावनी सभामुखलाई दिइसकेका थिए ।
मंगलबार कांग्रेस बैठकबीच प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन र कार्यसूचीमा एमसीसी समेट्न आग्रह गरेका थिए । एमसीसी बुधबारको बैठकमा टेबुल गराउने काँग्रेसले मंगलबारको बैठकमा निर्णय गरेको थियो ।
संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी समेटिएको थिएन ।

प्रतिक्रिया