आइतबार, जेठ ५, २०८२

महालक्ष्मीमा ५१ रुपैयाँमै खाता खोल्दा साढे आठ प्रतिशत ब्याज पाइने

नेपालखोज २०७८ फागुन ४ गते १३:०९

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले नयाँ बचत योजना ‘महालक्ष्मी बचत वृद्घि खाता’ सार्वजनिक गरेको छ ।

मात्र ५१ रुपैयाँमै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्धि खाता’ मा दैनिक मौज्दातमा आठ दशमलव ५५ प्रतिशत ब्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । योजनाअन्तर्गत खाता खोलेका ग्राहकको पाँच लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा गरिएको छ । यस आकर्षक बचत योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत वृद्धि खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका एक सय तीनवटा शाखामाार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, वाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १७ गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया