बुधबार, जेठ १, २०८२

सास्ती, हैरानी र दिक्दार लगाउने आकाश पक्राउ

नेपालखोज २०७८ फागुन ४ गते १४:२३

काठमाडौं । ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा प्रहरीले आकाश सेडाईलाई पक्राउ गरेको छ । झापा विर्तामोड नगरपालिका–४ का २७ वर्षीय आकाशले (प्राङक) को नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिँदै आएका थिए ।

सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङक) को नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने क्रियाकलाप समेटेर तयार गरेको गोप्य भिडियो नेपाल प्राङकर्टस नामक युट्युब च्यानलमा राख्ने कार्य गरेको खुल्न आएपछि आकाशलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्ने अनुमति दिइएको छ । थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया