आइतबार, जेठ ५, २०८२

नबिल बैंकका ग्राहकलाई सोवा हेल्थ केयरमा छुट

नेपालखोज २०७८ फागुन ४ गते १७:३८

काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नेछन् ।

सोवा हेल्थ केयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नया“ उन्नत पोलिक्लिनिक हो जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहु“च प्रदान गर्दछ । यस कोभिड समयमा सोवा हेल्थ केयरले घरमै नमूना संकलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उपलब्ध गराउ“दै आएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दे आएको नबिल बैंकको एक सय ३५ वटा शाखा, एक सय ८७ वटा एटिएम, १५ सय भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया