आइतबार, जेठ ६, २०८१

नारी दिवसमा नबिलको ‘नबिल एफडी कार्ड’ योजना

नेपालखोज २०७८ फागुन २४ गते १६:०४

काठमाडौं । नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ ।

यसअन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड डिपोजिट) ग्राहकहरूलाई क्रेडिट कार्ड सुविधा प्रदान हुने बैंकले जानकारी दिएको छ । नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नह्ने गृहिणी, अवकाशप्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो ।

अन्तराष्ट्रिय नारीदिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरूका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्ने भएको छ । प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइलफोन र ल्यापटप जस्ता बस्तुहरू खरिद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ ।

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल÷ग्राहकलाई आफ्ना नजिकका परिवारका सदस्यहरूका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प÷सुविधा प्रदान गरेको छ । यस योजनाअन्तर्गत दुई लाख रुपैयाँ प्रतिकार्ड सीमा तोकिएको र मुद्दती निक्षेपको ८० प्रतिशत सम्मकार्ड सीमा प्राप्त गर्न सकिनेछ । यो मुद्धती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विशेषतासहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको बस्तुको मजा लिंदै मुद्दती निक्षेपमा ११ दशमलव शून्य तीन प्रतिशतका दरले लोभलाग्दो ब्याजसमेत आर्जन गर्न सक्नेछन् ।

यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउनेछ भन्ने विश्वास लिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया