देशको हितमा रहेको एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन : प्रधानमन्त्री देउवा

नेपालखोज २०७८ फागुन ५ गते १२:०४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना संसद्ले नै फैसला गर्ने बताएका छन् । आज नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने पक्षमा आफू रहेको स्पष्ट पारे ।

उनले संसद्ले पास या फेल जे गरे पनि आफूले स्वीकार गर्ने बताएका छन् । कार्यक्रममा उनले एमसीसी पास गर्ने पक्षमा उभिन सबैलाई निर्देशन समेत दिए । उनले भने, ‘एमसीसी संसदमा पास र फेल के हुन्छ थाहा छैन । यद्यपि नेपली कांग्रेस भने जसरी पास गर्ने पक्षमा रहेको छ । एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’

एमसीसी पारित गर्ने या नगर्ने भन्नेमा सत्ता गठबन्धनमै सहमति जुट्न सकिरहेको छैन । जसका कारण सत्ता गठबन्धननै खतरामा रहेको छ । बुधबारको संसद बैठकमा एमसीसी टेबुल हुने भनिएतापनि नेकपा माओवादी केन्द्रको कारण हुन सकेन । अर्को बैठकमार्फत एमसीसी टेबुल गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया