कुन बिमा कम्पनीहरूको खुद मुनाफा कति ?, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास बिमा कम्पनीहरूको लागि सुखद देखिएको छ । नेपाली बिमा क्षेत्रमा हाल ४१ वटा कम्पनीहरू सञ्चालनमा छन् । तीमध्ये एकाधबाहेक सबैजसोको खुद मुनाफा बढ्नुले पनि बिमाा कम्पनीहरूको लागि दोस्रो त्रैमास सुखद देखिएको हो ।
बिमा क्षेत्रमा १९ वटा कम्पनीले जीवन बिमा, २० वटा निर्जीवन बिमा र दुईवटाले पुनर्बिमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । तीमध्ये हालसम्म २८ कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासमा १५ करोड ६६ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा सूर्याको यसतो नाफा २० करोड १२ लाख ७१ हजार रुपैयाँ रहेको थियो । एनएलजी इन्स्योरेन्स कम्पनीले पनि चालु आवको दोस्रो त्रैमासमा १० करोड २९ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ३९ लाख ६७ हजार रुपैयाँ थियो । हिमालयन जनरल, नेपाल लाइफ र प्रभु लाइफले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः चार करोड २२ लाख २० हजार १३ करोड चार लाख ९९ हजार र छ करोड १९ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी कम्पनीहरूको यस्तो नाफा क्रमशः ६ करोड ११ लाख ७१ हजार ४२ करोड ९७ लाख ८९ हजार र आठ करोड आठ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः चार करोड ६३ लाख ४० हजार, सात करोड ६० लाख ३४ हजार र सात करोड ६९ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी कम्पनीहरूमा यस्तो नाफा क्रमशः चार करोड ६ लाख ८३ हजार, चार करोड ७८ लाख ९९ हजार र ११ करोड ५६ लाख ६४ हजार रुपैयाँ थियो । जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः पाँच करोड ६८ लाख ८५ हजार, १७ करोड ७७ लाख र पाँच करोड ८० लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
गत आवको सोही अवधिमा भने यी कम्पनीहरूको यस्तो नाफा तीन करोड ६४ लाख १९ हजार, १७ करोड ७२ लाख ६७ हजार र दुई करोड ९६ लाख ८५ हजार रुपैयाँ थियो । यसैगरी ज्योति लाइफ, सानिमा लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीहरूले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः १३ करोड ४० लाख सात हजार, नौ करोड ३९ लाख ७९ हजार र आठ करोड दुई लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी कम्पनीहरूको यस्तो नाफा १० करोड ७८ लाख ७१ हजार, पाँच करोड ५४ लाख ९१ हजार र पाँच करोड ५६ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको दोस्रो त्रैमासिक अवधिमा शिखर, एभरेष्ट र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले भने क्रमशः २४ करोड ३० लाख १० हजार, ६ करोड १४ हजार र १४ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी कम्पनीहरूको यस्तो नाफा क्रमशः २४ करोड १४ लाख १० हजार, सात करोड ४२ लाख ७५ हजार र १३ करोड ६९ लाख ६० हजार रुपैयाँ थियो । यसैगरी महालक्ष्मी लाइफ, प्रभु इन्स्योरेन्स र राष्ट्रिय बिमा संस्थानले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः पाँच करोड ३० लाख ८९ हजार, नौ करोड आठ लाख ४० हजार र तीन करोड ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी कम्पनीहरूको यस्तो नाफा क्रमशः पाँच करोड १९ लाख ६१ हजार, आठ करोड ४९ लाख ४९ हजार र दुई करोड ६७ लाख ९४ हजार रुपैयाँ थियो ।
चालु आवको दोस्रो त्रैमासमा प्रुडेन्सियल, मेट लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीहरूले भने क्रमशः सात करोड सात लाख ८९ हजार, १० करोड ३९ लाख आठ हजार, सात करोड ८९ लाख ४० हजार र सात करोड आठ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा यी कम्पनीहरूको यस्तो नाफा क्रमशः सात करोड ३५ लाख ५७ हजार, १६ करोड ३३ लाख ९१ हजार, आठ करोड ४१ लाख ३८ हजार र ६ करोड ३५ लाख २५ हजार रुपैयाँ थियो । नेसनल लाइफ, प्रिमियर, आईएमई जनरल र राष्ट्रिय बिमा कम्पनीहरूले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः १४ करोड ४१ लाख ८६ हजार, १५ करोड ५६ लाख ५९ हजार, १२ करोड १३ लाख ६८ हजार र १९ करोड ४३ लाख १५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा भने यी कम्पनीहरूको यस्तो नाफा क्रमशः २३ करोड ६५ लाख दुई हजार, १८ करोड ६९ लाख २२ हजार, १५ करोड दुई लाख ६६ हजार र १३ करोड ७४ लाख एक हजार रुपैयाँ थियो ।
बिमा कम्पनीहरूले आर्थिक वर्ष २०७८-०७९ को दोस्रो त्रैमासमा कमाएको नाफा

(बिमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)
प्रतिक्रिया