आइतबार, जेठ ५, २०८२

महालक्ष्मी विकास बैंकको सहयोग

नेपालखोज २०७८ फागुन ५ गते १४:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको हसुलिया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमकाबीच फर्निचर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो शाखाले उद्योग वाणिज्य संघको कार्यालयलाई अफिस टेबल दुईथान, अफिस स्टिल दराज १ थान, सोफा-कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए । उक्त फर्निचर कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्षले बैंकले उत्कृष्ट वित्तिय सेवाहरु प्रदान गर्दे आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पुर्याइरहेकामा बैंकलाई धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रमा स्थानीय बासिन्दा, स्थानीय जनप्रतिनिधि, कर्मचारी, उद्योगी, व्यापारीहरुको उल्लेख्य सहभागिता थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ गरी कुल १०३ शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई-कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई-कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया