प्रचण्डको यूटर्न- गठबन्धन बचाउँछौं, एमसीसीलाई निकास दिन्छौं
नेपालखोज
२०७८ फागुन ५ गते १६:२३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन जोगाइने बताएका छन् । उनले आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको स्पष्ट पारे ।
उनले गठबन्धनका पाँच दललाई बचाउनेमा ध्यान केन्द्रित भएको बताए । उनले भने, ‘हाम्रो संयन्त्रको आज ५ बजे मिटिङ छ । त्यसैको तयारीका बारेमा अहिले छलफल भयो । हामी गठबन्धनका पाँच दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्नेमा छौ ।’
एमसीसीमा एउटा निचोड र निकास निकाल्नेतिर जोड दिइरहेको प्रचण्डले बताए । उनले भने, ‘आज एउटा निचोड र निकास निकाल्नेतिर हाम्रो जोड रहेको छ । सकेसम्म यो गठबन्धन बचाउनेमै छ ।’
सम्बन्धित

प्रतिक्रिया