एमसीसी गठबन्धनलाई फलामको चिउरा बन्यो, जुटेन सहमति भोलि फेरि बैठक बस्दै

नेपालखोज २०७८ फागुन ५ गते १९:५९

काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । भोलि बिहान ९ बजे फेरि बैठक बस्ने गरी बैठक स्थगित भएको हो ।

आजको बैठकले एमसीसीबारे ठोस निर्णय लिने बताइएको थियो । तर, सहमति जुट्न नसुक्दा नेताहरू बैठकबाट उठेका छन् । उनीहरु फेरि बैठकमा जुट्ने सहमतिमा उठेका हुन् । करिव तीन घण्टा बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी थिए । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको सहभागिता थियो ।

जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । आजको बैठकमा सत्ता घटक राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका बाहिर भएकाले अनुपस्थित थिए ।

प्रतिक्रिया