फेरि प्रेम आले ?

नेपालखोज २०७८ फागुन ६ गते ११:४१

ठूला ओहोदा, पद सम्हालेका व्यक्तिहरूबाटै अश्लील शब्दका फोहोरा फुट्न थालेपछि स्वतन्त्रताले पनि लज्जाले शिर निहुर्‍याउनुबाहेक विकल्प छैन ! कति दिन होला यो अहंकार ?
साहित्यकार झलक घिमिरे

साहित्यकार झमक घिमिरेको यो स्टाटसमा आएका केही प्रतिक्रिया :
गालिगलौजको रेकर्ड बाहिर आएपछि आफूलाई सुनपानी छर्केर चोख्याइसके त , तीन करोड नेपालीसँग माफी मागिटोपलेर ! नेताका भित्री र बाहिरी रुप अनेक छन् ।
कृष्णजी शर्मा

शिक्षा, ज्ञान, विवेक, संस्कार, मानमर्यादा साहित्य कला, धर्म बोली वचन आदि सबै संस्कृतिका अंग हुन् । राष्ट्रको पहिचान नै संस्कृति हो । संस्कृतिको नेतृत्व गर्ने भन्ने ब्यक्तिले नै त्यस्तो लज्जास्पद निन्दनीय बोली !धिक्कार होस् ।
गोपाल गुरागाईं

जबसम्म यस्ता अरिङ्गाल रहन्छन् देश डुबिरहन्छ ।
अल्का अधिकारी

त्यो दिन म देश सम्झिएर पिरोल्लिएँ, त्यस्ताको बोली सम्झिएर घिनाएँ……।
निर्मल कुँवर

फोहोरी शब्द बोल्ने त आम मान्छे बीच आम सभामा पनि सुन्छु कसैले राजीनामा दिएको देख्दिन । किन यो ठुलो कुरा हो र ? त्यो आपसमा भनेको कुरा थियो अनि आम सञ्चारमा आयो र मात्र ।
पार्वती सुब्बा

सबैले बोल्दा रहेछ्न मन्त्रीको चै व्यापक बनाइएको मात्र हो.. तर यस्तो बोल्ने बानिले सम्बन्धित मान्छेकै गरिमामा आँच आउने निश्चित छ।
नारायण बिके

यिनीहरूलाई धेरै मात लागेको छ ।
नरेन्द्रराज प्रसाईं

यस्ता नर्मल कुरा हरु प्राय नेपाली समाजमा सधै जसो चलिरहन्छ । तर कुरा रह्रो नेताको के नेता मान्छे होईन जब रिसले चरम बिन्दु लिन्छ अर्काको कारण अनि नबोली बस्नु ?? खासमा भन्नू पर्दा हामी नेपालीहरुको गु ले भरिएको दिमाग छ र कसैको राम्रो काम हेर्न सक्दैनौं। अनि बिरोध भाषा प्रयोग गरिहाल्छौ , हजुरले जस्तै ।
एसबी मगर चेतराज

हामी नेपालीलाई पद पाएपछि मपाइँत्वको नसा चढ्छ , फलस्वरूप यस्तै हुन्छ !
क्षितिज राई जलन

यिनीहरू नै हुन् देश बिगार्ने ।
रुद्र शर्मा

सार्वजनिक ठाउँमा होईन आफैले पैसा दि माया गरेको भाइलाई नजिकैको सम्झेर गालि गरेका अरे गाउँले लबजमा , बड्डाले ।
रामचन्द्र अधिकारी क्षेत्री

राष्ट्रिय भाषा र संस्कृतिको जगेर्ना राम्रो गरे । आफ्नी पनि आमा छन भन्ने सोचेनन।
नन्दराम बुढा मगर

उहाँको ब्यबभार र हिम्मत हेराै शब्द होइन दूध दिने गाईको लात खानु स्वभाबिक हो पैसाको पछि लागने झोलेहरु ।
रोजिना रायमाझी

जसले आफूसँग जे छ त्यै दिने हो,उनले त्यही गरे र आफ्नो खास पहिचान दिए।
पुन डीबी

हद र सीमितता नाघेपछि कसैको भलो हुँदैन ।
डा. दयाराम श्रेष्ठ

मीठो बोलेर भ्रस्टाचार गर्ने भन्दा उट्प्ट्याङ लाई जस्तो सुकै गाली गरेर भए पनि राम्रो काम गर्ने लाई राम्रै भन्नू पर्छ । खैरो खन्नु को तुक छैन ।
गजेन योङहाङ

यस्तै गुण्डाहरुले चलाउने भएर त देश डुब्यो नि ।
शकुन्तला गौतम

जति दिमाग तेति नै बोल्ने र गर्ने हो ।
मिली घिसिङ तामाङ

सत्ताको दम्भ हुँदा सम्मको अहङकार ।
जीपी न्यौपाने

गुन्डागर्दीको पराकाष्ठा ।
पार्वती दाहाल

पद रहदासम्म रहन्छ अहंकार ।
डम्बर के

नैतिक शिक्षाको कमी हो ।
रुक्मा शाही

मानवता हराएकाहरु ।
रमा दाहाल

हामी अभिभावकहरु बाट सिक्नुपर्ने यहि हो ?
गीता लुइँटेल अधिकारी

कर्तव्य कर्म र धर्म बिर्सिएपछि त जे गरे पनि फरक नपर्ने रैछ , फेरि भोलि त्यही अनुहारहरु बाहीर आउँदा हामी नै हो ताली लगाई लगाई स्वागत गर्ने , हामी पनि उस्तै हो ।
देविका कोइराला

अझ त्यस्ताको समर्थनमा बोल्नेहरुको भीड देख्दा पो झन उदेक लाग्छ त ।
विश्वरसिंह मेवाहाङ

बोल्न त सबैले बोल्छन् तर कहाँ कुन ठाँउमा बोल्ने हो त्यस्को हेक्का हुनुपर्छ जस्तो लाग्छ हामीलाई ।
राजा जी

बोली साध्य छैन, अझ संस्कृती पर्यटन मन्त्री रे ।
युवराज पाण्डे

जो जस्तो छ उस्तै बोल्ने रहेछ तर हामीलाई सुन्न लाज हुने ।
नेपाल अप्सरा नेपाल

लाजको पसारो ।
मेघराज पाण्डे

प्रतिक्रिया