सुनको ४ सयले बढ्यो, आजको भाउ कति ?

नेपालखोज २०७८ फागुन ६ गते ११:४२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले बढेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । आज चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया