अजोड इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज आफ्नो चौंथो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कम्पनीले चालु आव २०७८–०७९ को पुष मसान्तसम्म बिमा व्यवसाय अभिवृद्घिका लागि देशभर आफ्नो शाखा संजाल विस्तार गरी प्रधान कार्यालयलगायत सात वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बिमा एक्टेन्सन काउण्टर र तीन वटा तेस्रो पक्ष बिमा काउण्टरहरुवाट सेवा प्रदान गर्दे आइरहेको छ ।
थप दुई शाखा ठमेल काठमाडौं, टोखा काठमाडौं र एउटा उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बिमा समितिबाट स्वीकृति प्रदान गरिएको छ । हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आव २०७७–०७८ मा कुल बिमा शुल्क एक अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको, खुद नाफा १० करोड लाख रुपैयाँ रहेको र बिमा कोषमा ११ करोड २१ लाख रुपैयाँ संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बिमा शुल्क संकलनमा ४८ दशमलव ९८ प्रतिशत, खुद नाफामा ६० दशमलव ३३ प्रतिशत एवं बिमा कोषमा ७९ दशमलव ८२ प्रतिशतले वृद्धि हासिल गर्न सफल जानकारी दिएको छ ।
कम्पनीले चौथो वार्षिक साधारण सभामार्फत संचालक समितिको तर्फवाट अध्यक्षले प्रस्तुत गरेको आव २०७७–०७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरि सोलाई पारित गरेको छ ।
त्यसैगरी लेखा परीक्षकको प्रतिवेदनसहित कम्पनीको आव २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि सो समेत पारित गरेको छ ।
कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आव २०७८–०७९ को बाह्य लेखापरीक्षण गर्न लेखा परीक्षकमा मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णयसमेत सोही बार्षिक साधारण सभाले पारित गरेको छ ।
प्रतिक्रिया