राष्ट्रपतिद्वारा १२ जनाको सजाय माफी
नेपालखोज
२०७८ फागुन ६ गते २०:३९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको सजायको माफी दिएकी छन्।
नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पासहित १२ जनाको सजाय माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया