शनिबार, वैशाख १३, २०८२

२०२२ मा मारुती सुजुकीका ६ नयाँ अपग्रेड

नेपालखोज २०७८ फागुन ७ गते १२:४६

काठमाडौं । भनिन्छ मारुती सुजुकीले अहिले ६ वटा बाहनमा काम गरिरहेको छ । जुन यही वर्ष अर्थात् २०२२ भित्र लन्च हुनेछ । मारुतीले ती अधिकांश गाडीका लागि समयरेखा पनि तय गरेको छ । ती गाडीको लन्च टाइमलाइन पनि सूचीबद्ध गरिएको छ ।

नयाँ बलेनो
२०२२ मा मारुतीले सबैभन्दा पहिले बलेनो लन्च गर्नेछ । नयाँ बलेनो यहि फेब्रुअरीमै बजारमा आउने बताइएको छ । बलेनोको नयाँ भर्सन्मा यसको डिजाइन निकै अपडेट गरिएको छ भने यसको इन्टेरियरमा पनि परिवर्तन गरिएको छ । यसको इन्जिन चाहिँ उस्तै रहने बताइएको छ । यद्यपि , नयाँ बलेनोमा नयाँ एएमटी गियरबक्स दिइन सक्छ ।

Ertiga Facelift
यो वर्ष आउने मारुती सुजुकीको अर्को गाडि Ertiga को फेसलिफ्ट हुनेछ । यो गाडि आगामी महिना अर्थात मार्चमा लन्च हुनेछ । यसको एक्सटीरियरमा कमै परिवर्तन गरिएको छ । यसमा केवल नयाँ ग्रिल दिइएको छ । टर्क कन्भर्टर अटोमेटिक गियरबक्स यो गाडिमा नयाँ हुनेछ । मारुती सुजुकीले यो गाडिमा ६ – स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स अपग्रेड गर्ने बताइएको छ । अहिले सम्म Ertiga मा ४- स्पिड युनिट प्रयोग हुँदै आएको थियो ।

Brezza – २०२२
मारुती सुजुकीले नयाँ पुस्ताको Brezza मा काम गरिरहेको छ । यो कम्प्याक्ट एसयुभिमा अब Vitara मोनीकर उपयोग हुनेछैन । यो गाडि अप्रिलमा लन्च हुनेछ । अब Brezza को एक्सटीरियर तथा इन्टेरियरमा महत्वपुर्ण अपडेट हुने बताइएको छ । यसका अतिरिक्त ब्रेन्जामा नयाँ सुविधाहरु पनि जोडिनेछ । यो गाडिलाइ कम्प्याक्ट एसयुभिहरु सँग प्रतिस्पर्धा गर्नसक्ने बनाइएको छ । यसपटक Maruti Suzuki Brezza मा सीएनजी पावरट्रेन पनि जोडिने छ जसले यसको बिक्री बढाउने बिस्वास लिइएको छ । यसको पेट्रोल इन्जिनमा कुनै परिवर्तन हुनेछैन भने यो ६ – स्पीड अटोमेटिक ट्रान्समिशनका साथ उपलब्ध हुनेछ ।

XL6 Facelift
Maruti Suzuki ले XL6 को फेसलिफ्टमा पनि काम गरिरहेको छ । यो गाडी मे वा जुनतिर लन्च हुनसक्छ । यो गाडिमा ठुलो आकार को अलोय व्हील्स दिइनेछ जसले XL6 को स्टाटसमा सुधार ल्याउने छ भने यो अप-मार्केट पनि देखिनेछ । XL6 नयाँ ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिशनका साथ प्रस्तुत गरिने छ । मीडिया रिपोर्ट अनुसार XL6 यसपटक ७ सिटर गाडिकारुपमा बजारमा आउन सक्छ ।

टोयोटाका साथ विकसित अल-न्यू मिड साइज एसयूभी
मारुती सुजुकीले एउटा मिड-साइज एसयुभिमा पनि काम गरिरहेको छ । यो गाडि टोयोटाको सहकार्यमा विकसित भैरहेको छ । यो गाडि आगामी दशैं – तिहार सम्ममा लन्च हुनेछ । यो गाडि टोयोटा को DNGA प्लेटफर्म मा आधारित हुनेछ । यसको कोडनेम YFG हो र यसलाई ट‍ोयोटाको फ्याक्टरीमा निर्माण गरिनेछ । यो गाडि एउटा मजबुत हाइब्रिड पावरट्रेनका साथ आउनेछ । यसक‍ो ब्याटरी यती शक्तिशाली हुनेछ कि यो गाडि इलेक्ट्रिक पावर मै पनि चल्न सक्नेछ । वर्तमान एस-क्रस को विपरीत यो नयाँ मध्यम आकारको एसयुभि हुनेछ र यसले Hyundai Creta, MG Astor तथा Kia Seltos सँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

All-new Alto 800
मारुतीले अल्टो ८०० को एउटा नयाँ पुस्तामा काम गरिरहेको छ । यसमा नयाँ स्टाइलिङ , फ्रन्ट ग्रिल र हेडल्याम्प रहनेछ । यसको पछाडि नयाँ खालको स्क्वायर टेल ल्याम्प जडान हुनेछ । यद्यपि अहिले सम्म , न्यु -जेनरेशन अल्टो ८०० तथा यसक‍ो लन्चिङका बारेमा त्यति जानकारी बाहिर आइसकेको छैन ।

प्रतिक्रिया