सोमबार, वैशाख ३१, २०८१

नार्जो एन ५३ – सुविधा सम्पन्न बजेट स्मार्टफोन

नेपालखोज २०८० असार ५ गते १२:०८

काठमाडाैं । स्मार्टफोन ब्रान्ड रियलमिले नार्जो एन ( Narzo N ) सिरिज नेपाली बजारमा समेत उतारेको छ । यो सिरिजमा नार्जो एन५३ तथा एन ५५ पनि छन ।

नार्जो एन५३ को विशेषता

नार्जो एन ५३ स्लीक डिजाइन भएको किफायती स्मार्टफोन हो । यसमा आईफोन १४ प्रो मा भएको जस्तै “मिनी क्याप्सूल” को सुविधा पनि छ । यो फोनमा ९० हर्ट्ज रिफ्रेस रेटका साथ ६.७४ इन्च फुल एचडी प्लस डिस्प्ले छ भने यो एन्ड्रोइड १३ मा आधारित Unisoc Tiger T612 (12nm) प्रोसेसरमा चल्छ।

क्यामेरा

यो स्मार्टफोनमा दुईवटा रियर क्यामेरा छन् जसमा ५० मेगापिक्सेलको प्राथमिक क्यामेरा र आकर्षक सेल्फीका लागि ८ मेगापिक्सेलको अगाडिको क्यामेरा छ। यो फोनमा फिंगरप्रिन्ट स्क्यानर, एक्सेलेरोमिटर, सेन्सर र कम्पास जस्ता सुबिधाहरू पनि छन ।

ब्याट्री

नार्जो एन ५३ फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ जसले ३३ वाट टाइप-सी सुपरडार्ट चार्जरलाई सपोर्ट गर्दछ ।कम्पनीका अनुसार यो फोन ३१ मिनेटमा ५० प्रतिशत चार्ज हुनसक्छ भने ८८ मिनेटमा फुल चार्ज हुन्छ ।

मूल्य

यो फोन दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ। ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज भएको भेरियन्टको मूल्य १५,९९९ रुपैयाँ छ भने ६ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज दिइएको भेरियन्टको मूल्य १८,९९९ रुपैयाँ छ।

प्रतिस्पर्धिहरु संग तुलना

यो मूल्यमा नार्जो एन ५३ सँगै अन्य धेरै स्मार्टफोन उपलब्ध छन । मिनी क्याप्सुल सुविधा, उच्च रिजोल्युसन क्यामेरा, ब्याट्री तथा छिटो चार्ज गर्ने क्षमता आदिले नार्जो एन ५३ लाइ उत्कृष्ट फोन बनाएको छ ।

रियलमिको नार्जो एन ५३ बास्तबमा किफायति बजेटको स्मार्टफोन हो जसले प्रभावकारि सुविधाहरूको प्रदान गर्दछ ।यसको पातलो डिजाइन, शक्तिशाली क्यामेरा , लामो समय चल्ने ब्याट्री तथा द्रुत चार्जिङ जस्ता बिशेषताले यसलाई पैसा असुल फोन बनाएको छ । रियलमिले नार्जो एन ५३ लाइ भरपर्दो र किफायती स्मार्टफोनका रुपमा विकास गरिएको बताएको छ ।

प्रतिक्रिया