बिहीबार, जेठ ३, २०८१

विवाह गर्दै रन्जु दर्शना

नेपालखोज २०७८ फागुन ७ गते ७:१२

काठमाडौं । गएको पुस पहिलो साता नै विवेकशील साझा पार्टीबाट अलग भएर स्वतन्त्र रहँदै आएकी युवा नेतृ रन्जु दर्शना विवाह बन्धनमा बाँधिने भएकी छन् । हिजो शुक्रबार उनको इंगेजमेन्ट भएको छ । रन्जुको विवाह किसु कुइँकेलसँग हुन लागेको हो । आफ्नो इंगेजमेन्टको जानकारी दिँदै रन्जुले भनेकी छन्- आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो कलश र गणेश भगवान् एवं परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मण्ड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं ।
तपाईंहरुको आशीर्वाद र शुभकामनाका लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु ।

यसक्रममा रन्जुले भनेकी छन्- मायाको यात्रामा एक सशक्त जीवनसाथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु (किसु कुइँकेल) । तिम्रो जीवनमा, कुइँकेल परिवार मलाई खुला हृदयले स्वागत गरेकामा धेरै धन्यवाद किसु ।

रन्जु र किसु कुइँकेलको विवाह मितिका सम्बन्धमा केही नबताइए पनि उनीहरुको विवाह आगामी वैशाखमा हुने अपुष्ट जानकारी बाहिर आएको छ । कुइँकेल रन्जुकै छिमेकी भएको बताइको छ । रन्जु दर्शना गएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदकि चर्चित उम्मेद्‌वार पनि हुन् ।

No description available.
No description available.

प्रतिक्रिया