एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

नेपालखोज २०७८ फागुन ७ गते १२:५६

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । बैठक नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठकमा बसिरहेको छ । बैठकको मुख्य एजेन्डा एमसीसी भएको र योभन्दा अर्को एजेन्डामा छलफल नहुने जनाइएको छ ।

एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भुमिकालगायतका बारेमा छलफल हुने र निर्णयमा पुगिने नेताहरूले बताएका छन् ।

एमसीसी यथास्थितिमा पास गर्नुहुँदैन भन्ने एकीकृत समाजवादीको अडान छ । एमसीसीका सम्वन्धमा धेरै अध्ययन गरिएको नेताहरूले जनाएका छन् । यथास्थितिमा एमसीसी पास हुन नसक्ने एकीकृत समाजवादीको अडान छ ।

प्रतिक्रिया