बुधबार, असोज ३०, २०८१

हिन्दी डब १० एक्सन सस्पेन्स मलयालम चलचित्र !

नेपालखोज २०८१ भदौ २६ गते १६:१९

काठमाडाैं । ओटीटी ( OTT ) मा चलचित्र हेर्नेहरू अब के हेर्ने भनेर चिन्तित हुनुहुन्छ भने हामी तपाईँहरूको समस्याको समाधान लिएर आएका छौँ। यहाँ  शीर्ष १० मलयालम ( हिन्दी डब गरिएका ) चलचित्रको शुचि दिइएको छ जुन नेटफ्लिक्स, हटस्टार तथा अमेजन प्राइम भिडियो जस्ता ओटीटी प्लेटफर्ममा उपलब्ध छन् । यो सूचीमा मोहनलालदेखि दुल्कर सलमानसम्मका मलयालम चलचित्र समावेश छन्। 

१ . मिन्नल मुरली 

मलयालम सिनेमाका प्रशंसकहरू प्रशस्तै छन् । नहुन पनि किन ? मलयालम सिनेमाको कथा र प्रस्तुति गजबकै हुन्छ । यो सूचिमा मिन्नल मुरली नम्बर एकमा छ । तोविनो थोमसको मिन्नल मुरली ( Minnal Murali ) २०२१ मा रिलिज भएको थियो जसलाई अहिले नेटफ्लिक्स ( Netflix ) मा सजिलै हेर्न सकिन्छ। 

२ . जय जय जय जय हे 

जय जय जय जय हे २०२२ मा रिलिज भएको मलयालम फिल्म हो जुन बक्स अफिसमा पनि हिट साबित भएको थियो । अहिले यो फिल्म हटस्टारमा उपलब्ध छ जसमा दर्शना र बासिल जोसेफ मुख्य भूमिकामा छन् । यो घरेलु हिंसामाथिको उत्कृष्ट चलचित्र हो जुन एकपटक अवश्य हेर्नुपर्छ । 

३ . कुरूप 

कुरुप दिलकर सलमानको चर्चित फिल्म मध्ये एक हो । कुरूपको हिन्दी डब भर्सन नेटफ्लिक्समा उपलब्ध छ। 

४ . CBI 5 : द ब्रेन (CBI 5 : The Brain) 

उत्कृष्ट हिन्दी डब मलयालम चलचित्रमा CBI 5 पनि आउँछ । यसमा साउथ सुपरस्टार मामुट्टी, आशा सार्थ, मालविका मेनन र स्वासिका जस्ता धेरै स्टारले अभिनय गरेका छन् । गत वर्ष रिलिज भएको यो फिल्मले बक्स अफिसमा करिब ३२० करोडको व्यापार गरेको थियो । अहिले यो फिल्म नेटफ्लिक्समा हेर्न सकिन्छ । 

५ . ल्यूसिफर (Lucifer) 

ल्यूसिफर अमेजन प्राइममा उपलब्ध प्रसिद्ध दक्षिण भारतीय चलचित्र मध्ये एक हो जुन मसाला, एक्सन तथा फाइटिङले भरिपूर्ण  छ । यो चलचित्रमा मलयालम फिल्मका सुपरस्टार मोहनलाल र विवेक ओबेरोय मुख्य भूमिकामा छन् । 

अन्य चलचित्र 

६ . सिटी अफ ड्रीम

७ . विक्रम आदित्य (अमेजन प्राइम)

८ . Shylock (अमेजन प्राइम)

९ . हृदयम (हटस्टार )

१० . फरेन्सिक (नेटफ्लिक्स )

प्रतिक्रिया