इम्युनिटी के हो के होइन ?

काठमाडौं । इम्युनिटी अर्थात् प्रतिरक्षा शब्द विज्ञानमा प्रयोग हुन्छ । यद्यपि अहिले कोरोनाकालमा आएर यो शब्द आम बोलचालमा बढी प्रयोग हुन थालेको छ । डाक्टरहरु पनि हिजोआज इम्युनिटी बढाउने कुरामा जोड दिन थालेका छन् । कसैलाई बारम्बार रुघा-खोकी लाग्यो भने पनि त्यसलाई प्रतिरोधक क्षमता कम भएको मानिन्छ । कसैलाई कमजोरी महसुस भयो भने पनि उ डाक्टर कहाँ पुगेर आफ्नो इम्युनिटी कमजोर भएको बताउँदै इम्युनिटी बढाउन के खाने , कस्तो जीवन शैली अपनाउने सल्लाह लिन थाल्छ ।
इम्युनिटीलाई बुझ्न शरीरको मूल व्यवहार बुझ्न जरूरी छ । सबै जीवको शरीरले आफ्नो र परायाको भेद बुझ्दछन् । हाम्रो शरीरले आफ्नो र परायाको यो पहिचान गर्नु निकै आवश्यक छ । यसमा आफ्नोको रक्षा गरिन्छ भने पराया बाट सावधान रहिन्छ । जुन पराया हामिमाथि आक्रमण गर्न आएका छन तिनिहरु सँग लडने , तिनलाई नष्ट गर्ने काम हाम्रो शरिरले आफैं गर्छ ।
हाम्रो शरीरको प्रतिरक्षा प्रणालि अर्थात इम्युन सिस्टमले अपनत्व र परत्व को भेद निकै राम्रोसँग जान्दछ । उदाहरणका लागि , हामी मानिसको शरीरको प्रतिरक्षक कोशिकाहरुलाइ थाहा हुन्छ कि अमुक कोशिका हाम्रो आफ्नो रगतको हो र अमुक कोशिका बाहिरबाट आएको जीवाणु-कोशिका हो । त्यस पछि हाम्रो शरिरले आफ्नो परिवारको रक्त-कोशिका सँग अलग व्यबहार गर्छ भने बाहिरबाट आएको जीवाणु-कोशिकाहरु सँग अलग । यो भिन्न-भिन्न व्यबहार प्रतिरक्षा-तन्त्रका लागि निकै आवश्यक हुन्छ । किनभने जब सम्म आफ्नो र परायाको पहिचान हुँदैन तब सम्म कसबाट कसरि रक्षा गर्ने भन्ने कुरा पनि अन्योल मै रहन्छ ।
प्रतिरक्षाप्रणालि लाई मानिसहरुले जति सरल सम्झन्छन यो त्यसभन्दा धेरै बढि जटिल छ। इम्युनिटी कुनै एक वस्तु खाएर वा नखाएर बढाउन सकिने कुरा होइन न यसमा कुनै एउटा खराब वा राम्रो हाम्रो आहार -बिहार नै जिम्मेवार हुन्छ । हाम्रो प्रतिरक्षा प्रणालिमा अनेक रसायन हुन्छन , भिन्न-भिन्न प्रकारका कोशिकाहरु हुन्छन् । ती सबैको कृयाकलाप पनि अलग-अलग हुन्छ ।
हाम्रो प्रतिरक्षाप्रणालि निकै जटिल हुन्छ भने यो हाम्रो सम्पूर्ण शरीरमा व्याप्त हुन्छ । हाम्रा प्रतिरक्षक कोशिकाहरु हर ठाउँमा हुन्छन् : रगतमा , छालाको भित्रि सतहमा , फोक्सो तथा आन्द्रामा , मस्तिष्कमा सबै तिर । यो प्रतिरक्षा-तन्त्र खासगरि दुई किसिमको हुन्छ । पहिलो अन्तस्थ प्रतिरक्षा-तन्त्र अनि अर्को अर्जित प्रतिरक्षा-तन्त्र ।
अन्तःस्थ को अर्थ हो जुन पहिले देखि हामि भीत्र बिद्यमान छ । अंग्रेजीमा यसलाइ इनेट भनिन्छ । प्रतिरक्षा-तन्त्रको यो भागमा ति संरचना, रसायन तथा कोशिकाहरु हुन्छन् जुन प्राचीन समय देखि नै हामी सँग छन । यि संरचना , रसायन तथा कोशिकाहरुले संक्रमणहरुबाट जिबजन्तुको शरीरको रक्षा गर्छन् ।
अर्जितको अर्थ हो अक्वायर्ड। यो त्यो कुरा हो जुन हामी सँग छैन , हामिले बाहिर बाटै यसलाई प्राप्त गर्नु छ । यो विरासतमा आउने कुरा होइन , बनाउनु पर्ने वा बिकसित गर्नुपर्ने कुरा हो । यो प्रतिरक्षाप्रणालिको उन्नत भाग हो। यसको रसायन तथा कोशिकाहरु विशिष्ट हुन्छन । यसमा खास रसायन तथा कोशिकाहरु खास शत्रु वा कीटाणुहरु सँग लडछन । प्रत्येक किसिमका कीटाणुहरुसँग लडन शरीरमा खास किसिमका प्रतिरक्षक कोशिकाहरुको विकास गरिन्छ जसले कीटाणुहरुसँग लडेर तिनलाई नष्ट गर्छन् । यो लडाई जिते पछि हाम्रा कोशिकाहरुले ती किटाणुको स्मृति पनि राख्छन् , ताकि भविष्यमा फेरि ती किटाणुको आक्रमण भए सहज ढंगले तिनलाई हराउन सकियोस् ।
अन्तःस्थ र अर्जित दुबै प्रतिरक्षा-तन्त्रले मिलेर शत्रु-कीटाणुहरु सँग फाइट गर्छन् । कुनै संक्रमणमा हाम्रो अन्तःस्थ प्रतिरक्षाले बढि काम गर्छ भने कुनैमा अर्जित प्रतिरक्षाले त कुनैमा दुबैले बराबर । अर्जित प्रतिरक्षा-तन्त्रको विकास संक्रमण तथा भ्याक्सीन बाट हुन्छ । यसमा संक्रमण बाट हुने प्रतिरक्षा प्रणालिको विकासलाइ प्राकृतिक मानिन्छ भने खोप ( भ्याक्सीन ) द्वारा हुने प्रतिरक्षा प्रणालिको विकासलाइ मानव-निर्मित मानिन्छ ।
वर्तमान कोभिड महामारी विषाणु सार्स-सीओभि टु का कारण फैलिएको छ । यो विषाणु हाम्रो शरीरमा प्रवेश गरे पछि हाम्रो प्रतिरक्षा-तन्त्रका दुबै भाग अन्तःस्थ र अर्जित प्रतिरक्षा-तन्त्र सक्रिय हुन्छन् । यिनले विषाणुयुक्त कोशिकाहरुलाइ अनेक किसिमले नष्ट गर्ने प्रयास गर्छन् । यो नयाँ विषाणु भएकाले हाम्रो अन्तःस्थ प्रतिरक्षा-तन्त्रले यसमा त्यति सुरक्षा योगदान दिन सक्दैन । यसमा अर्जित प्रतिरक्षा तन्त्रले उचित कोशिका तथा रसायनको विकास गरेर विषाणुबाट शरीरको रक्षा गर्नुपर्ने हुन्छ ।
मानिसको प्रतिरक्षा-तन्त्रका लागि यो संक्रमण नयाँ हो । हाम्रो शरीर यसलाई बुझने तथा त्यस सँग लडने क्रममा छ । यस्तो स्थितिमा उपयुक्त खोपको ( भ्याक्सीन ) बिकास तथा निर्माणबाट प्रतिरक्षा-तन्त्रको उचित बिकास वा त्यसलाइ मजबुत गर्न सकिन्छ । उचित प्रशिक्षण पाएका योद्धा-कोशिकाहरु पहिले देखि नै शरीरमा भए सार्स-सीओभि टु लाई तिनले सजिलै नष्ट गर्न सक्छन् । यद्यपि प्रभावकारि भ्याक्सीनको निर्माण तथा प्रयोगमा अझैं कमसेकम एक-डेढ वर्ष लाग्न सक्छ ।
आफ्नो तथा पराया रसायन एवं कीटाणु बिचको भेद , जटिलता र शरीर-भर यसको उपस्थिति अन्तःस्थ तथा अर्जित प्रतिरक्षा-तन्त्रको महत्त्वपूर्ण विशिष्टता हो । यो प्रतिरक्षा तन्त्र न सजिलै बुझ्न सकिन्छ न केवल प्रयासहरुबाट हमेशा स्वस्थ राख्न सकिन्छ । प्रतिरक्षा-तन्त्र निकै हद सम्म हाम्रो आनुवंशिकी अर्थात जेनेटिक्समा पनि निर्भर गर्छ । हाम्रो कोशिका भीत्र स्वस्थ जीन मात्र आवोस भनेर हामि खासै केही गर्न सक्दैनौं । हामिले केही कुरामा ध्यान दिएर , आसपासको पर्यावरणिय प्रदुषण घटाएर प्रतिरक्षा-तन्त्रलाइ स्वस्थ राख्ने साझा प्रयास गर्न सक्छौं ।
प्रतिरक्षा प्रणाली मजबुत गर्न निम्न उपाय अपनाउन सकिन्छ :
१. सही र सन्तुलित भोजन ।
२. निरन्तर शारीरिक तथा मानसिक व्यायाम।
३. प्रयाप्त निद्रा तथा तनावबाट मुक्ति।
हामिले के ध्यानमा राख्नुपर्छ भने जसरि केवल पढेर मात्र पास हुन सकिदैन त्यसै गरि केवल कोशिश मात्र गरेर इम्यून सिस्टम मजबुत गर्न सकिदैन । कीनभने पढनु पास हुने प्रयास हो , पास हुने ग्यारेन्टी होइन । यसै गरि सही खानपिन , राम्रो निन्द्रा , नशा आदि बाट टाढा रहेर , तनावबाट टाढा रहेर तथा व्यायाम द्वारा स्वस्थ रहने एवं प्रतिरक्षा-तन्त्र लाइ मजबुत राख्ने प्रयास गर्न सकिन्छ ।
व्यक्तिगत तथा सार्वजनिक पर्यावरणलाइ यथासम्भव स्वस्थ राखेर हामी प्रतिरक्षा-तन्त्रको सुचारु कामकाजमा योगदान गर्न सक्छौं । यसमा हाम्रो अनुवांशिकीको भूमिका पनि आफ्नै ठाउँमा छ ।
प्रतिक्रिया