कार्यसूची तय गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

नेपालखोज २०७८ फागुन ८ गते ८:१९

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद् बैठक औपचारिकतामा सीमित हुँदै आएको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले संसदको आजको बैठकमा एमसीसी टेबुल गर्ने जनाएको छ ।

तर, संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) समावेश गरिएको छैन् ।

प्रतिक्रिया