एमसीसी टेबल गर्ने सहमति ! होला त अनुमोदन ?

नेपालखोज २०७८ फागुन ८ गते ११:२५

काठमाडौं । एमसीसीलाई संसदमा पेस गर्ने सत्ता गठबन्धनको अन्तिम प्रयास सफल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि आज एमसीसी टेबल गराउने पक्षमा थिए ।

माओवादी केन्द्र एमसीसीका लागि तयार भएको छ । माओवादी र एकीकृत समाजवादीले संसदमा एमसीसी टेबल गर्नु अघि संसद सुचारु हुनु पर्ने शर्त राख्दै आएका थिए। माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने चेतावनी पनि दिने गरेको थियो । तर माओवादी गठबन्धन जोगाउने पक्षमा उभिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई पहिला गठबन्धन छाड्नुस अनि अरु कुरा गरौँला भनेका थिए । एमाले एमसीसीको पक्षमा रहे पनि अहिले मौन छ । माओवादी भने ओली-देउवा मिल्ने डरले एमसीसी पेस गर्न सहमति भएको हो ।

प्रतिक्रिया