बिहीबार, जेठ ३, २०८१

‘तिमी पैसाको धनी होलाऊ म मनको धनी छु’

नेपालखोज २०७८ फागुन ८ गते १५:१०

तिमीलाई हेरि हेरि हेरिरहने…बानी परेछ…।
रिमा बिश्वकर्मा
कलाकार रिमा विश्वकर्माको तस्बिरसहितको पोस्टमा आएका प्रतिक्रियाहरु :

हेर्ने बानीचाहिँ अर्कैलाई परेको होला जिरु त तेसै बदनाम मात्रै भएका हुन् ।
अम्बिका तामाङ

तिमी विश्वकर्मा म बाउन आऊ तिम्रो र मेरो विवाह गरी भेदभाव र कुप्रर्थाको अन्त्य गरौं । तिमीले यो कुरालाई इग्नोर गर्यौ भने फेरि धनी र गरिबको भेदभाव हुने छ । ख्याल गर्नु । (तिमी पैसाको धनी होलाऊ म मनको धनी छु।)
नीरज भुसाल

जनसंख्या तेसै घटेको त होइन के, यति राम्री केटीहरु जिरु जिरु भन्दै बसेका छन् ।
विशाल भूमिराज

बस सुन्दरी ठन्डी मैना जाडो छ ।
वेद कुँवर जबरा

झ्यापमा जस्तो छ त ?
रोहित लामा

उनलाई जेरी मन परेदेखि, मैले नि घरमा बूढीलाई भनेर दिनहुँजसो जेरी मगाउन थालेको छु ।
मने राना मगर

फोटामा यो विधि लाइक आको छ पसल मा कसैले किनेर खादैन्न यो जिरु ।
राजु भट्टराई

मलाई नि यसै भनी दिए हुने नि रिमा ।
सुनील सुवेदी

पूरै झ्याप मा हेरे जस्तो पो देखिन्छ त ।
जीवन बास्तोला

मेरो भने तपाईंलाई हेर्ने बानी परेको छ अब म के गरौं ।
कामरेड प्रमिस

आम्बो फेरि त्यै रेस्टुरेन्ट ? जहाँ म यतापट्टिको टेबलबाट अनि तिमी यै टेबलबाट एकले अर्कोलाइ हेराहेर गरेका थियौ २ बर्ष अगाडि ।
सफल शेर्पाली

हो र काली ?
नारायण गिरी

मोहरालाई नचखाउनु है यो रातो झोल चिथोर्लान नि ।
अशोक कुँवर

नहेर्नु तेसरी माया सर्दछ ।
गोविन्द केसी

यो पेय पदार्थ स्वास्थ्यबर्द्धक छैन ।
रामकुमार परियार

जनसंख्या घट्नुमा दोषी रिमा पनि एक हुन् । बिहेबारि भइसकेको मान्छे यसरी एक्लै मस्तीमा रमाउँदै खाने कुराको पो विज्ञापन गरी बसेको छ, छोराछोरी खेलार बस्निबेलामा ….।
रामकुमार धिताल

नहेर्नु तेसरी माया सर्दछ ।
राम विश्वकर्मा

ए !आफूले चाहि हेरेर मात्र बस्ने, अनि हामिलाइ चाहि खानको लागि कर गर्ने ? पसलमा गइन्छ हेरेर नै फर्किने हो हामी पनि ।
प्रदीप गुरुङ

संसारमा मन परेको भन्ने इनी मात्रै हो मेरो ।
मौलिक श्रीष

No description available.

ज्यान लिने भो सुन्दरीको ।
हुमबहादुर सुनार

असाध्यै राम्री के ।
नारायण शिशिर

निसाना गलत छ है ।
प्रवेश

तिमिलाई हेर्ने बानी पर्यो … बाटो कुर्ने बानी पर्यो …।
अरुणकुमार

अब जिरे खुर्सानी जत्रो भए पनि माया गर्ने केटोलाई हेर्ने बानी बसाल्नुस् ।
ईश्वर श्रेष्ठ

मलाई हेर्नू छोडेर कता उता हेरेको माया ।
महतो सन्जय

हाउ जडिबुटिफुल बेबी ।
राज

हेराइ रोमान्टिक छ रिमाजीको ।
गणेश पुन

सुन्दर र ज्ञानी हिरोइन ।
डीजी चाम्स

रिमु बुढी छे घरमा मेरो भयो बा यो जुनीलाई सरी अर्को जुनि….।
मनोजजंग बस्नेत

धेरै नहेर्नुहोस् लप पर्ला नि ।
दीपक बम्जन तामाङ

जिरु सिरु खल्ली के रिमु, कालो च्या खाम्न बरु तिम्ले बना’को ।
अशान्त प्रशान्त

प्रतिक्रिया