पिछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने तयारी

नेपालखोज २०७८ फागुन ८ गते १५:५५

काठमाडौं । सरकारले बादी, दलित र पिछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पछाडि परेका ती समूदायहरुको हक, हित, अधिकारसहितको समग्र उत्थानका लागि वादी उत्थान विकास समिति, दलित उत्थान विकास समिति र पीछडा वर्ग उत्थान विकास समिति स्थापनाका लागि मन्त्री परिषदमा प्रस्ताव पेस गरिएको जानकारी दिएका हुन् ।

राष्ट्रिय समावेशी आयोग दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलित आयोग भए पनि उनीहरुको समग्र उत्थानका लागि विकास समिति नै उपयुक्त हुने भएकाले आफूले दलितहरुको पनि उत्थान विकास समिति बनाउने प्रस्ताव मन्त्रीपरिषदमा लगिएको तर्क गरे ।

मन्त्री श्रेष्ठले ती प्रस्तावहरु मन्त्रीपरिषदको प्रशासन समितिमा छलफल भईरहेको र छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित हुने विश्वास समेत व्यक्त गरे । मन्त्री श्रेष्ठले खस–आर्य समुदायले पनि छुट्टै आयोग बनाउनका लागि आफू समक्ष प्रस्ताव गरेको र त्यस विषयमा पनि छलफल भईरहेको बताए ।

प्रतिक्रिया