आइतबार, जेठ ५, २०८२

एनएमबी बैंकका ग्राहकलाई हाम्रो अस्पतालमा छुट

नेपालखोज २०७८ फागुन ८ गते १६:२२

काठमाडौं । एनएमबी बैंकले विराटनगरमा रहेको हाम्रो अस्पतालमा उपचारका लागि जाने व्यक्ति तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ ।

समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने छ ।

समझदारीपत्रमा एनएमबि बैंककातर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेकाछन । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धी थप जानकारी एनएमबी बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

बैंकले हाल देशभर २०१ शाखा, १३९ एटिएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया