संसद्‌मा एमसीसी पेस गर्नु नेपालको स्वाधीनतामाथिको वज्रपात : भीम रावल

नेपालखोज २०७८ फागुन ८ गते १७:५३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद् डा. भीम रावलले सत्तारुढ दलहरुको बीचमा सहमति नभइ एमसीसी संसदमा पेस गर्नु नेपालको स्वाधीनतामाथिको बज्रपात भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद् रावलले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्ष दलको बिरोधका बीचमा एमसीसी टेबुल गरिनु नेपालको कानुन, संविधान, नेपालको स्वतन्त्र परराष्ट्रनीति र नेपाली जनताको स्वाभिमानमाथिको ठूलो आघात भएको बताए ।

सांसद् रावलले सरकारको यो प्रयास अलोकतान्त्रिक, गैरकानुनी भएको भन्दै सरकारले नेपाली जनताको आवाजलाई कुल्चिने दुष्प्रयास गरेको आरोप लगाए । उनले सत्तामा रहेको नेकपा (माओवादी केन्द्र) को विमतिका बाबजुद एमसीसी टेबुल हुनु प्रधानमन्त्री शेरबहादुर देउवा विदेशी शक्तिको अघि लम्पसार परेको आरोप लगाए ।

प्रतिक्रिया