माओवादी एमसीसीको विपक्षमा उभिने

नेपालखोज २०७८ फागुन ८ गते २२:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने बताएका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष दाहालले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए ।

विवाद र विरोधकाबीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध समेत गरे ।

सामाजिक सञ्जाल ट्वीटरमा दाहालले प्रहरी दमनमा भएका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया