एमसीसीबारे सत्ता गठबन्धन कपटपूर्ण ढंगमा अघि बढ्यो : विष्णु रिमाल

नेपालखोज २०७८ फागुन ९ गते ९:४४

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेलाई देखाएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आपसमा हाबी हुन खोजेको आरोप लगाएका छन् । सामाजिक सन्जालमार्फत उनले एमसीसीको मामलामा सत्ता गठबन्धनका दुई दलले एमालेलाई देखाएर हाबी हुन खोजेको उनको लगाए ।

उनले प्रधानमन्त्रीको दल र सभामुखको दल भनेर भनेका छन् । उनले माओवादीलाई सडकमा हिंसात्मक विरोध गर्ने र सदन्मा एमसीसी पठाउने दलको संज्ञा दिएका छन् । उनले भने, ‘क्याबिनेटमा सुरक्षा टाईट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने ।’

सत्ता गठबन्धन ‘घ्यू बेचुवा र तरबार बेचुवा’ जस्ता भएको टिप्पणी गर्दै उनले एमाले सचेत हुनपर्ने बताए । सत्तागठबन्धन कपटपूर्ण ढंगमा अघि बढेको पनि उनको बुझाइ छ । हाउसमा दलको जानकारी बिना नै ‘सिखण्डी’ खडा गरेर ‘बहस पनि यसैगरी, निर्णय पनि यसैगरी’ हुने भन्दै कपटपूर्ण अभ्यासमा गठबन्धन रहेको उनको आरोप छ ।

प्रतिक्रिया