१८ एसपीको सरुवा ! को कहाँ पुगे ? (सूचीसहित)

नेपालखोज २०७८ फागुन ९ गते १०:१९

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मिति २०७८/११/०८ गतेको निर्णयानुसार मिति २०७८ साल फाल्गुन महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट बुझ्ने गरी सरुवा गरिएको हो ।

प्रहरी उपरीक्षकहरु गोपालचन्द्र भट्टराई, गोविन्द थपलिया, डा. मनोजकुमार केसी, तुलबहादुर कार्की, कमल थापा, कृष्णबहादुर मगर, केदार खनाल, गंगा पन्त र दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । त्यस्तै, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी, दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल र शेखर खनाललाई पनि सरुवा गरेको छ ।

प्रतिक्रिया