एमसीसी टेबल गरेपछि रातारात बढाइयो मन्त्री कार्कीको सुरक्षा

काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा मजबुत बनाइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्कीको एमसीसी टेबल गरेपछि सुरक्षा थ्रेट बढेको अनुमान गरिएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले सरकारको तर्फबाट टेबल गर्नुपर्ने एमसीसी कार्कीले गरेका थिए । एमसीसी विरोधमा देशभर प्रदर्शन भइरहेकाले सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक उच्च अधिकारीले भने, ‘गृह मन्त्रालयले पनि मन्त्रीजीको सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएको थियो । उहाँलाई सुरक्षा दिनु हाम्रो कर्तव्य हो । नेपाल प्रहरी आफ्नो कर्तव्यबाट विचलित हुँदैन् ।’
एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दल लगायत सत्ता गठबन्धनका केही नेताले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया