चौबीस घण्टामा थपिए ३८८ संक्रमित, १,२०५ जना डिस्चार्ज

नेपालखोज २०७८ फागुन ९ गते १६:१७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ र २ हजार ९१५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १४१ जना गरि कुल ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप १ हजार २०५ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ५२ हजार ५९९ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ६ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९२५ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभर थप ८ लाख ७३ हजार ४३८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया