बिहीबार, जेठ २, २०८२

‘ज्ञानलाई रोजगारीसँग र रोजगारीलाई समृद्धिसँग जोड्ने गरी पाठ्यक्रम बनाऔं’

नेपालखोज २०७८ फागुन ९ गते १६:५६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका नवीनतम विषयलाई अध्ययन, अध्यापन र अनुसन्धानको दायराभित्र पर्ने गरी समयसापेक्ष पाठ्यक्रमको परिमार्जन र निर्माण हुुनुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १३ औं सभामा उनले विगतमा चलेका तर हाल आएर विद्यार्थीको अभाव हुँदै गएका कतिपय शैक्षिक उपाधिको पुनर्विचार गर्नुपर्ने बेला आएको बताए ।

पाठ्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता रहेको समेत उनले स्पष्ट पारे । मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयको गुणस्तर सुधार हुनको लागि विद्यालयस्तरको पठनपाठनमा सुधारको आवश्यक हुन्छ ।’

गणस्तर सुधारका लागि विश्वविद्यालयमा गुणस्तरीय पठनपाठन मार्फत योग्य शिक्षक उत्पादन गर्नु पर्ने उनले बताए । बौद्ध शिक्षा विकासमा सम्बन्धमा विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम विस्तार गर्दा प्रचलित कानुन र नियमका अतिरिक्त बौद्ध दर्शन कला, साहित्य, शिक्षा, नैतिकता र संस्कृति बहुआयामिक विषयलाई समावेश गर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

ज्ञानलाई सीपसँग, रोजगारीसँग र रोजगारीलाई समृद्धिसँग जोड्ने गरी विश्वविद्यालयको पाठ्यक्रम तथा शैक्षिक क्रियाकलाप निर्देशित हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया