शुक्रबार, वैशाख २८, २०८१

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपालले भोलि भारतसँग खेल्दै

नेपालखोज २०७८ असोज २९ गते २१:५९

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले शनिबार भारतसँग खेल्दैछ । मालेको माल्दिभ्स फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ ।

भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो । भारतले समुह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुल्यो । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गर्यो ।

नेपाललाई १–० ले र आयोजक तथा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत फाइनल पुगेको हो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले हराउदै प्रतियोगिताको शानदार सुरुवात गरेको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपालले अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्यो ।

नेपाल र भारत पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो भने भारत ७ पटकको च्याम्पियन टिम हो ।

प्रतिक्रिया