१७ अंकले नेप्से बढ्दा ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २५ अंकले बढेको नेप्से आज पनि १७ दशमलव ४२ अंकले बढेर २७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३६ अंकले बढेर पाँच सय २३ दशमलव १५ अंकमा पुगेको छ । दुई सय २८ कम्पनीको ४८ हजार एक सय ९५ पटकको कारोबारमा ६० लाख ८१ हजार ६ सय दुई कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमध्ये कुल कारोबार रकम तीन अर्ब २१ करोड २८ लाख ८७ हजार आठ सय २२ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकामा आज उत्पादनमूलक र लगानी समूहहरूको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ३२ अंकले बढेर १७ सय ४४ दशमलव ७८ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि ७० दशमलव पाँच अंकले बढेर ४७ सय १५ दशमलव १९ अंकमा चढेको छ ।
जलविद्युत् समूहको सूचक पनि २७ दशमलव ५६ अंकले बढेर ३३ सय ३६ दशमलव ९२ अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक एक सय २८ दशमलव दुई अंकले बढेर १२ हजार तीन सय ३७ दशमलव २५ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक सात दशमलव आठ अंकले बढेर १४ हजार सात सय ३४ दशमलव ३६ अंकमा चढेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज मैलुङ खोला जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय ८२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य दुई दशमलव ६९ प्रतिशतले घटेर चार सय ७० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १७ सय ७९ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड ४९ लाख ६७ हजार चार सय २१ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया