मंगलबार, जेठ १, २०८१

टाइटन पनडुब्बीमा सवार ५ जनाकै मृत्यु

नेपालखोज २०८० असार ८ गते ८:३५

न्यूयोर्क । टाइटानिक जहाजको भग्नावशेष हेर्न निस्किएर अचानक बेपत्ता भएको टाइटानिक पनडुब्बीमा सवार सबै ५ जनाको मृत्यु भएको छ ।

यी व्यक्तिहरूमा ओशनगेटका सीईओ स्टकटन रश, बेलायती अर्बपति हमिस हार्डिङ र पाकिस्तानी टाइकुन शाहजादा दाउदको नाम पनि समावेश छ ।

पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेटले यसको पुष्टि गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । पनडुब्बीमा सवार सबै मानिसहरु डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न गहिरो समुन्द्रमा गएका थिए, जहाँ उनीहरुको सम्पर्क टुटेको थियो । जुन १८ मा ओशनगेट कम्पनीको यो पनडुब्बी यात्रामा निस्किएको थियो तर पहिलो २ घण्टामै सम्पर्कविहीन भएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार खोज टोलीले टाइटानिक जहाज नजिकै हराइरहेको पनडुब्बीको भग्नावशेष फेला पारेको छ । अमेरिकी कोस्ट गार्डका अनुसार पनडुब्बीको भग्नावशेष भेटिएपछि विज्ञहरूको टोलीले अनुसन्धान सुरु गरेको छ ।

पनडुब्बीको भग्नावशेष क्यानडाको एउटा जहाजमा रहेको मानवरहित रोबोटले फेला पारेको बताइएको छ ।

प्रतिक्रिया