चौबीस घण्टामा थपिए ४७६ संक्रमित, ८३१ जना डिस्चार्ज

नेपालखोज २०७८ फागुन १० गते १७:०७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ र २ हजार ८२० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १७७ जना गरि कुल ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ७४७ रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ८३१ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ७ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९२८ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख ७ हजार १८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया