एमसीसी विरोध : प्रदर्शनमा तोडफोड भएको पसलमा सरकारको चासो

काठमाडौं । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ तोडफोड भएको पसलमा सरकारले चासो देखिएको छ । आइतबार एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो ।
प्रदर्शनकारीहरुले पाँच जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो । प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो । आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी व्यावसायी श्रेष्ठको पसलमा पुगेका छन् ।
अनुगमनमा उनिहरुले पसलमा भएको क्षतीको विवरण संकलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने समेत आश्वासन दिएका छन् । यसअघि आज काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोली पनि श्रेष्ठको पसलमा पुगेर क्षति विवरण लिएका थिए ।

प्रतिक्रिया