एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेपालखोज २०७८ फागुन १० गते २१:०१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा आज पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र राजदूत बेरीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

संसद्मा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ । अध्यक्ष ओली र राजदूत बेरीबीच भेटवार्तापछि बालुवाटार गएका ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ ।

प्रतिक्रिया