सुनको भाउ ५ सयले घट्यो, चाँदीको मूल्य कति ?

नेपालखोज २०७८ फागुन ११ गते ११:०७

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ, भने चाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ५ सय रूपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रूपैयाँले घटेको छ । आज तेजाबी सुन ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मुल्य प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया