लोसपा संसदीय दलको बैठक बस्दै, एमसीसीबारे निर्णय लिने

नेपालखोज २०७८ फागुन ११ गते ११:४७

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनका अनुसार आजको बैठकले एमसीसीबारे पार्टीको ठोस धारणा सार्वजनिक गर्नेछ ।

लोसपाको संसदीय दल १३ सदस्यीय छ । एमसीसी सम्झौता सदनमा पेस भइसकेको अवस्थामा राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्वका साथ हेरिँदै आएको छ ।

प्रतिक्रिया