ओली-खाँण वार्ता, माधवसहित १४ जनालाई कारबाही गर्नुपर्ने अडान

नेपालखोज २०७८ फागुन ११ गते १३:०८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमालेकाे माग सम्बाेधन गर्न भनेका छन् । एमसीसीको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाकाे सन्देश लिएर ओली निवास बालकोट पुगेका खाँणलाई ओलीले मागबारे ध्यानाकर्षण गराए ।

एमसीसीमा एमालेको समर्थन जुटाउन खाँणलाई ओलीले माग पहिलाे प्राथमिक्तामा रहेको सन्देश दिए । ओलीको सचिवालयले भन्याे, ‘गृहमन्त्रीज्यूले एमसीसी संसद्बाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो । अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’

No description available.

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी सरकारले गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने पक्षमा छन् ।

मंगलबार ओली र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा छलफल भएको थियाे । एमाले आफ्नाे अडानमा यथावत छ । एमालेले माधव नेपालसहित १४ जनालाई कारबाही गर्नुपर्ने बताउँदै आएकाे छ ।

प्रतिक्रिया