‘गठबन्धन र सरकार टुटाउने षड्यन्त्र हुँदैछ’

नेपालखोज २०७८ फागुन ११ गते १५:३४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

आज नेकपा (माओवादी केन्द्र)को वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

राजनीतिक परिवर्तनहरुलाई कमजोर पार्ने खतरा बढिरहेको उनले बताए । उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्नेचाहीँ सत्य नभएको स्पष्ट पारे ।

अध्यक्ष दाहालले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा भेटवार्ता भएपनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पारे ।

प्रतिक्रिया