कांग्रेसका सांसदलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन

नेपालखोज २०७८ फागुन ११ गते १६:३७

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिए। आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुँदैछ ।

एमसीसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसदबाट अनुमोदन गरिसक्नु पर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ। सरकारले अन्य दललाई पनि एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ ।

प्रतिक्रिया