बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने
नेपालखोज
२०७८ फागुन ११ गते १७:०२

काठमाडौं । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले आज सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
सरकारले आइतबार एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेस गरिसकेको छ । उक्त प्रस्तावमा भोलि बस्ने बैठकमा छलफल गर्ने तयारी गरिएको छ ।

सम्बन्धित

प्रतिक्रिया