पहाडी भू-भागमा आज मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना

नेपालखोज २०७८ फागुन १२ गते ६:३०

काठमाडौं । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली गराउनुका साथै काठमाडौं उपत्यकालगायत देशका कतिपय भेगमा वर्षा भइरहेको छ ।

देशको पहाडी भू-भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशभर आज राती आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया