सडक तताउने मात्रै होइन बाल्छौं पनि : झलनाथ खनाल

नेपालखोज २०७८ फागुन १२ गते १४:३१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसीबारे जति छलफल भए पनि कुरा नमिल्ने दाबी गरेका छन् । आज प्रतिनिधिसभा बैठक स्थगित भएपछि संवाददाताहरूसँग कुरा गर्दै खनालले एमसीसीमा कहिले सहमति नहुने स्पष्ट पारे ।

उनले एमसीसीको पक्षमा लाग्नेलाई साथ दिन नसक्ने स्पष्ट पारे । उनले भने, ‘एमसीसीको कुरा कहिल्यै मिल्दैन । एकथरी महाशक्तिका पछि लागेका छन्, हामी देशको सार्वभौमिकता जोगाउन लागेका छौं ।’

खनालले गठबन्धन बन्ने र भत्किने कुरा ठूलो नभएको समेत बताए । उनले सडक तताउने मात्र होइन् बाल्ने चेतावनी समेत दिए । खनालले भने, ‘आवश्यक परे सडक तताउने मात्रै होइन, बाल्छौं पनि ।’

प्रतिक्रिया