ठूला दलले केटाकेटीपन देखाए : राजेन्द्र लिङ्देन

नेपालखोज २०७८ फागुन १२ गते १४:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् ।

संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले देश र जनतालाई विभाजित गर्ने सम्झौताको पक्षमा राप्रपा नउभिने बताए ।

उनले ठूलो दलले केटाकेटीपन देखाएको आरोप समेत लगाए । उनले संसद्मा पनि राप्रपाले कुरा राख्ने र सडकमा पनि प्रदर्शन गर्ने स्पष्ट पारे । उनले भने ‘हामी जनताको चाहनाविपरीत जाँदैनौं । राप्रपाले एमसीसीको पक्षमा मत दिँदैन् ।’

प्रतिक्रिया