आइतबार, जेठ ५, २०८२

सानिमा बैंकको शाखा अब गोरखाको शक्ति चोकमा

नेपालखोज २०७८ फागुन १२ गते २३:००

गोरखा । सानिमा बैंक लिमिटेडले बिहीबार गोरखाको शक्तिचोकमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्तरुपमा गरेका हुन् ।

उद्घाटन् समारोहमा महजोडीले गोरखाको शक्तिचोकमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दे सबल अनि विश्वसनिय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी गोरखा नगरपालिकाका मेयर राजन राजपन्तले सहजरुपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिए । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकको देशका सातै प्रदेशमा १२३ कार्यालयर १०३ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया